हडियाबाबा मन्दिरमा आँखा र कान सम्वन्धि निशुल्क शिविर

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७७, शनिबार

 

नेपालगन्ज २०, मंसिर ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ हडियाबाबा मन्दिरमा शनिवार आँखा तथा कान सम्बन्धित निशुल्क शिविर गरिएको छ । हडियाबाबा मन्दिरमा रहेका साधु सन्तहरुलाई सेवा दिने उद्देश्यले एक दिने शिविर आयोजना गरिएको हो ।

उक्त शिविरमा करिव दुईसयले सेवा लिएको कार्यक्रमका संयोजक प्रदीप शाहले जानकारी दिनुभयो । फत्तेवाल आँखा अस्पताल र कान स्वास्थ्य स्याहार केन्द्र ब्रिनोजको प्राविधिक सहयोगमा गरिएको निशुल्क सो शिविरले आँखा तथा कानको समस्या भएकाहरुले ठूलो राहत पाएको संयोजक शाहले बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिद्धारा आयोजित निशुल्क स्वास्थय शिविरमा काँग्रेस केन्द्रीय सदस्य किशोरसिंह राठौरले सरकार स्वास्थ्य क्षेत्रमा गम्भीर नभएको आरोप लगाउनुभयो ।

काँग्रेस क्षेत्र नं. का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद याकुव अनसारी, पार्टी उपसभापति सुनिल नर्सिङ राणा, काँग्रेस कोभिड -१९ बाँकेका संयोजक लक्ष्मी नारायण शाह, उपमेयर उमा थापालगायतको सहभागिता रहेको थियो ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech