नेपालगन्ज १८, मंसिर ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज विहान थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका २ का ७४ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
उनी मंसिर ६ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा विहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
१८ मंसिर २०७७, बिहीबार प्रकाशित
स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज