दाङका ७९ वर्षिय कोभिड संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

तस्विरः फाइल

 

नेपालगन्ज ३, मंसिर ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमणका कारण एक जना विरामीको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१७ दाङका ७९ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोभिड आशंकामा कात्तिक १९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्वाब दिएका उनको कात्तिक २१ गते रिर्पोट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि करिब १२ दिनहोम आइसोलेसनमा बसेका उनमा स्वास्थ्य समस्या आएपछि मंसिर २ गते मंगलबार राती १२:३० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उनको बुधवार बिहान २ बजे मृत्यु भएको अस्वतालले पुष्टि गरेको छ । विरामी दम र उच्च रक्तचापको समस्यामा समेत रहेकाले त्यसको समेत उपचार गरिरहेको पारीवारीक श्रोतले जनाएको छ ।

योसँगै जिल्लामा बाहिर बाट उपचारका लागि बाँकेमा आइ मृत्यु हुनेहरुको संख्या ४० पुगेको छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech