काठमाडौं १२, कात्तिक ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार २ हजार ९ सय ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ भने २ हजार ८ सय ८९ जना क्वारेन्टिनमा छन्। मन्त्रालयले बुधबारसम्म देशभर २९० जना कोरोना संक्रमितको आईसियूमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।