पोर्नको लत : भ्रम, यथार्थ र समाधान

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०८२, सोमबार

‘पोर्न एडिक्सन’ वा ‘पोर्नको लत’ जस्ता शब्दहरूको प्रयोग अक्सर गरिन्छ। तर, ‘एडिक्सन’ (लत) शब्दको प्रयोगले कहिलेकाहीँ यसको जटिल यथार्थलाई ओझेलमा पार्न सक्छ।

अमेरिकन साइकोलोजिकल एसोसिएसनको एक अनुसन्धानले यसमा प्रकाश पारेको छ, जसअनुसार पोर्न हेर्नु केही मानिसहरूका लागि समस्या बन्न सक्छ, तर यो विरलै मात्र ‘मूल समस्या’ वा ‘मुख्य समस्या’ हुन्छ। यसको पछाडि सधैँ कुनै लुकेको भावनात्मक, सम्बन्धगत कारण वा कुनै आन्तरिक द्वन्द्व हुन्छ।

पोर्न कहिले समस्या बन्न सक्छ?

अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार विश्वभर ठुलो सङ्ख्यामा पुरुष र महिलाहरू पोर्न हेर्छन्, तर यसले उनीहरूलाई कुनै हानि गर्दैन। समस्या तब उत्पन्न हुन्छ, जब पोर्नको लत लाग्छ, जब यो एक बाध्यकारी र गोप्य व्यवहार बन्छ, र जब यसले वास्तविक जीवनका सम्बन्धहरूमा नकारात्मक असर पार्न थाल्छ।

साथै, यसले यौन सुख, सन्तुष्टि र भावनात्मक स्वास्थ्यलाई नकारात्मक ढङ्गले प्रभावित गर्न थाल्छ।

यी सङ्केतहरूबाट थाहा हुन्छ कि पोर्न हेर्ने बानी समस्या बनिरहेको छ:

चाहँदा चाहँदै पनि इच्छा नियन्त्रण गर्न नसक्नु।

पोर्न हेर्ने समय र तीव्रता बढ्दै जानु।

हेरेपछि ग्लानि महसुस हुनु।

वास्तविक आत्मीयताबाट भाग्नु वा बेवास्ता गर्नु।

वास्तविक यौन सम्बन्ध कम हुनु।

आफ्ना इच्छाहरू/आवश्यकताहरू व्यक्त नगर्नु।

पोर्नको मस्तिष्कमा प्रभाव

हाम्रो मस्तिष्कमा ‘रिवार्ड सिस्टम’ इनबिल्ट हुन्छ, जसले ‘ह्याप्पी हर्मोनहरू’ रिलिज गर्छ। जब कोही धेरै समयसम्म र धेरै मात्रामा पोर्न हेर्छ, यसले मस्तिष्कको रिवार्ड सिस्टमलाई प्रभावित गर्छ। यसको नतिजा वास्तविक जीवनमा आत्मीयताबाट मिल्ने खुसी र सन्तुष्टि कम हुँदै जान्छ। साथै, सेक्सलाई लिएर अवास्तविक किसिमका अपेक्षाहरू पैदा हुन्छन्।

त्यसैले अगाडि बढ्नुभन्दा पहिले लज्जा वा अपराधबोध महसुस गर्नुको साटो तपाईं समस्यालाई बुझ्ने र यसको गहिराइसम्म पुग्ने कोसिस गर्नुहोस्।

के तपाईंलाई पोर्न एडिक्सन छ? (सेल्फ असेसमेन्ट टेस्ट)

यहाँ तपाईंलाई एक सेल्फ असेसमेन्ट टेस्ट (PAST Test – Porn Addiction Screening Tool) दिइएको छ। तलका ७ प्रश्नहरू ध्यान दिएर पढ्नुहोस् र ‘हो’ वा ‘होइन’ मा जवाफ दिनुहोस्। (नोट: पछिल्लो २-४ हप्तालाई ध्यानमा राखेर जवाफ दिनुहोस्।)

टेस्टका प्रश्नहरू:

के मलाई धेरै वा अधिक पोर्न हेर्नुपर्ने आवश्यकता महसुस हुन्छ?

लत छोड्न चाहन्छु, तर तमाम कोसिस गर्दा पनि सफलता मिल्दैन?

काम, स्वास्थ्य र सम्बन्धमा नराम्रो प्रभाव पर्दा पनि पोर्नको बानी छोड्न सकिरहेको छैन?

पोर्न नहेर्दा घबराहट वा बेचैनी महसुस हुन्छ?

के मेरो सोच र योजनामा पनि पोर्न हाबी रहन्छ?

के पोर्न हेर्नका लागि मैले जरुरी कामहरू पनि स्थगित गरेको छु?

के म पोर्न बिना बस्ने कल्पना पनि गर्न सक्दिनँ?

नतिजा विश्लेषण

०-२ हो: पोर्न एडिक्सन (लत) छैन।

३-४ हो: बाध्यकारी पोर्न प्रयोग, नियन्त्रण छैन।

५+ हो: एडिक्सनको सङ्केत। मनोविद्/काउन्सलर को मद्दत लिन सल्लाह दिइन्छ।

तपाईं पोर्न किन हेर्नुहुन्छ ? (कारण पहिचान)

धेरै पोर्न हेर्नु समस्याको सङ्केत हो, आफैँमा मुख्य समस्या होइन। यो बुझ्न तलका कारणहरूलाई ० देखि ३ को स्केलमा रेटिङ गर्नुहोस् (० = होइन, ३ = मुख्य कारण)।

उपलब्धता र सम्बन्धका कारणहरू

कुनै पार्टनर नहुनु

सम्बन्धमा सेक्स नहुनु

लिबिडो (यौन इच्छा) मेल न खानु

यौन आवश्यकताहरू व्यक्त गर्दा अस्वीकृत हुने डर

भावनात्मक कारणहरू:

तनाव वा एन्जाइटी

एक्लोपन

खराब मुड

मन शान्त गर्नका लागि उत्तेजनाको आवश्यकता

यौन द्वन्द्वका कारणहरू:

यौन परिकल्पनाहरू आफ्नो नैतिक मूल्य मान्यतासँग मेल न खानु।

आक्रामक/हाबी हुने सेक्सको इच्छा, तर वास्तविकतामा सहमति र सुरक्षालाई महत्व दिनु।

आफ्नो यौन परिकल्पनाहरूलाई लिएर ग्लानि वा लज्जा हुनु।

मूल्यांकनको डर (यदि कसैले मेरा इच्छाहरूको बारेमा थाहा पाए भने)।

(जुन प्रश्नको अंक बढी आउँछ, त्यही तपाईंको पोर्न हेर्नुको मुख्य कारण हो।)

पोर्न र सम्बन्ध: वास्तविक नोक्सान के हो ?

अनुसन्धानले देखाउँछ कि पोर्नोग्राफी आफैँमा हानिकारक नहुन सक्छ। धेरै जोडीहरू सँगै पोर्न हेर्छन्, तर यसले उनीहरूको सम्बन्धलाई कुनै हानि गर्दैन। समस्या तब पैदा हुन्छ, जब:

गोपनीयता : व्यक्तिले आफ्नो पोर्न हेर्ने बानी पार्टनरबाट लुकाउँछ।

यौन इच्छाको बेमेल: असमान यौन इच्छाहरूको बारेमा कुरा गर्नुको साटो पोर्नको सहारा लिनु।

सञ्चारको कमी: आफ्नो यौन रुचिको बारेमा कुरा गर्न लजाउनु वा डराउनु।

सम्बन्धमा पर्ने असरहरू:

विश्वास टुट्नु।

भावनात्मक रूपमा टाढा हुनु ।

सम्बन्धबाट असम्भव अपेक्षा राख्नु।

आफ्नो वा पार्टनरको शरीरलाई लिएर नकारात्मक सोच आउनु।

मानिसहरू पोर्न किन हेर्छन्?

एक्लोपनदेखि लिएर तनाव र बोरियतसम्म धेरै कारण हुन सक्छन्। पोर्न यी समस्याहरूसँग जुध्नका लागि एक ‘कोपिङ मेकानिजम’ हुन सक्छ। यो आफैंमा समस्या होइन। समस्या तब बन्छ, जब पोर्न नै एकमात्र कोपिङ मेकानिजम बन्छ र मानसिक पीडालाई सम्बोधन गर्ने अर्को कुनै उपाय हुँदैन।

पोर्न एडिक्सनको उपचार के हो?

यसको उपचार र बुझाइका चरणहरू यस प्रकार छन्:

१. समस्याको मूल्यांकन: प्याटर्न बुझ्ने, ट्रिगर र कारणहरू पहिचान गर्ने।

२. मनोशिक्षा : बानी कसरी बस्छ र लज्जाले कसरी इच्छा बढाउँछ भन्ने बुझ्ने।

३. कग्निटिभ बिहेवियरल थेरापी (सीबीटी): अवास्तविक विचारहरू पहिचान गर्ने र नयाँ बानी बसाल्ने।

४. इरोटिक द्वन्द्वसँग जुध्ने: आफ्ना फ्यान्टेसीलाई जज नगर्ने, बरु सुरक्षित बनाउने।

५. व्यवहार नियमन: इच्छालाई दबाउने होइन, नियमन गर्ने।

४ हप्ते सेल्फ-रेगुलेसन प्लान

लक्ष्य: डर र लज्जालाई हटाउनु, सचेत निर्णय लिनु र बानीलाई नियन्त्रणमा राख्नु।

(नोट: यो बानी छुटाउने प्लान होइन, यसलाई नियमन वा नियन्त्रण गर्ने योजना हो।)

हप्ता १: सजगता र स्थिरीकरण

फोकस: मात्र हेर्नुहोस्, बदल्ने कोसिस नगर्नुहोस्।

कार्य: आफ्नो पोर्न प्रयोगलाई ट्रयाक गर्नुहोस् (कति बेर, कहिले, किन हेरेँ? मुड कस्तो थियो?)।

पहिचान: मुख्य ३ वटा ट्रिगर पहिचान गर्नुहोस् (जस्तै: एक्लोपन, तनाव, यौन कुण्ठा)।

नियम: सुत्ने र उठ्ने समय फिक्स गर्नुहोस्। दैनिक एउटा ग्राउन्डिङ एक्टिभिटी (वाक, सावर, व्यायाम) गर्नुहोस्।

मन्त्र: म आफूलाई मूल्याङ्कन गरिरहेको छैन, मात्र बुझिरहेको छु।

हप्ता २: बानीको चक्र तोड्ने

लक्ष्य: इच्छालाई दबाउने होइन, मात्र केही बेर पर सार्ने।

  • टुल्स: जब इच्छा जाग्छ, त्यसलाई १० मिनेटका लागि ढिलो गर्नुहोस्।
  • १० मिनेटपछि पनि इच्छा रहिरहे सचेत भएर निर्णय लिनुहोस्।
  • पोर्न हेर्ने समयमा अरू कुनै काम गर्नुहोस् (जस्तै: व्यायाम, साथीलाई कल)।
  • आफैँलाई सोध्नुहोस्: म यो समयमा वास्तवमै के गर्न चाहन्छु?

हप्ता ३: वास्तविक कारणहरूलाई सम्बोधन गर्ने

लक्ष्य: व्यवहारलाई होइन, आवश्यकतालाई सम्बोधन गर्ने।

यौन कुण्ठा: इमानदार भएर आफैँसँग वा पार्टनरसँग कुरा गर्नुहोस्।

इमोशनल रेगुलेसन: सेक्स बाहेक खुसी मिल्ने कामहरूको सूची बनाउनुहोस्।

करुणा: आफ्नो लज्जा र डरको बारेमा आफैँलाई एक करुणापूर्ण पत्र लेख्नुहोस्।

पोर्न फ्री डे: हप्तामा कम्तीमा दुई दिन ‘पोर्न फ्री’ राख्ने योजना बनाउनुहोस् (जबर्जस्ती होइन, योजना)।

हप्ता ४: समायोजन र भविष्यको योजना

लक्ष्य: लामो समयसम्म रहने सन्तुलन बनाउनु।

बाँकी रहेका ट्रिगरहरू पहिचान गर्नुहोस्।

निधो गर्नुहोस्: मेरो जीवनमा पोर्नको भूमिका के हो?

सीमा तय गर्नुहोस् जसले तपाईंको मूल्य मान्यता र सम्बन्धलाई सुरक्षित राख्छ।

रिल्याप्स प्लान : 

यदि बानी फेरि दोहोरियो भने के गर्ने?

१. आत्तिने होइन।

२. सोच्ने र फेरि पहिलो हप्ताबाट काम सुरु गर्ने।

३. हार मानेर फेरि पुरानै चक्रमा नफस्ने।

व्यावसायिक मद्दत कहिले लिने?

जब चाहँदा चाहँदै पनि आफैँलाई नियन्त्रण गर्न सकिँदैन।

पोर्नले वास्तविक आत्मीयताको ठाउँ लिइसकेको छ।

डर, लज्जा र गोपनीयताले आत्मसम्मानमा असर पारेको छ।

पोर्न सामग्री वा त्यसबाट हुने समस्या लगातार बढ्दै गएको छ।

अन्तिम कुरा

पोर्नोग्राफी विरलै मात्र ‘असली समस्या’ हुन्छ। यो अक्सर अधुरा आवश्यकता, नसुलझिएका द्वन्द्व, लज्जा वा मौनताको प्रतिबिम्ब हो। माथि दिइएका सुझावहरूको उद्देश्य तपाईंलाई ‘शुद्ध’ वा ‘पोर्न-मुक्त’ बनाउनु होइन। उद्देश्य यति मात्र हो कि तपाईं आफ्नो प्रति इमानदार बन्न सक्नुहोस् र तपाईंका फैसलाहरू संयमित र सन्तुलित हुन्। पोर्नको लतका पछाडि लुकेका असली कारणहरूलाई सम्बोधन गर्दा प्राय: पोर्न हेर्ने इच्छा स्वाभाविक रूपमै कम भएर जान्छ।

  • २५ फाल्गुन २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech