विराटनगर: प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शान्ति सुबेदीलाई विराटनगर जेसीजले नारी दिवसको अवसरमा ‘नारी सम्मान’ प्रदान गर्दै सम्मानित गरेको छ। विराटनगरमा लामो समयदेखि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा प्रदान गर्दै आएकी डा. सुबेदीले विशेषगरी सन्तानको चाहनामा संघर्ष गरिरहेका निःसन्तान दम्पतीहरूको जीवनमा आशा र खुशी ल्याउन उल्लेखनीय योगदान पुर्याउँदै आएकी छन्।
कार्यक्रममा विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले पूर्व अध्यक्षहरूको उपस्थितिमा डा. सुबेदीलाई खादा, माला तथा दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे। सो अवसरमा वक्ताहरूले समाज परिवर्तनमा समर्पित व्यक्तित्वहरू नै नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुने उल्लेख गर्दै डा. सुबेदीको योगदानको उच्च प्रशंसा गरेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि विराटनगर-१० स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी गीता दिदी रहेकी थिइन् । कार्यक्रम संयोजक आशिका खतिवडाले स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरिन । विराटनगर जेसीजकि जनसम्पर्क अधिकारी आकृति रानी फुयालले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको जानकारी दिइन्।








