औषधि ऐनको संशोधन दफाप्रति फार्मेसी संघको समर्थन

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०८२, आईतवार

नेपालगन्जः नेपाल फार्मेसी संघले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधनले ल्याइएका व्यवस्थाहरूलाई समर्थन गरेको छ । संघले विज्ञप्तिमार्फत

नवीकरणको समयसीमा तथा समय गुज्रिएपछि लाग्ने जरिवानाको व्यवस्था व्यवहारिक दृष्टिले केही अव्यवाहारिक देखिएपनि संशोधनले ल्याइएका व्यवस्थाहरूप्रति समर्थन रहेको जनाएको हो ।

आफ्नो फर्म तथा व्यवसाय समयमै नवीकरण गरी चर्को जरिवाना, अनावश्यक झन्झट तथा खारेजीजस्ता जोखिमबाट जोगिन नेपाल फार्मेसी संघले आफ्ना सम्पूर्ण सदस्यहरूलाई आग्रह समेत गरेको छ ।

यस्तो छ संघको विज्ञप्ति

औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधनले ल्याएका व्यवस्थाहरूलाई नेपाल फार्मेसी संघले समर्थन गर्दछ। नवीकरणको समयसीमा तथा समय गुज्रिएपछि लाग्ने जरिवानाको व्यवस्था व्यवहारिक दृष्टिले केही अव्यवाहारिक देखिएकोले यसलाई अझ सरल र व्यावहारिक बनाउन नेपाल फार्मेसी संघले मिति २०८२/०५/१७ गते नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागमार्फत आधिकारिक रूपमा सुझाव प्रस्तुत गरिसकेको कुरा पुनः अवगत गराउन चाहन्छौ।

आफ्नो फर्म तथा व्यवसाय समयमै नवीकरण गरी चर्को जरिवाना, अनावश्यक झन्झट तथा खारेजीजस्ता जोखिमबाट जोगिन नेपाल फार्मेसी संघ सम्पूर्ण सदस्यहरूलाई आग्रह गर्दछ।नविकरणका लागि पर्याप्त समय उपलब्ध गराउनु पर्दछ। पर्याप्त समय उपलब्ध हुदा पनि अनन्तकल सम्म नबिकरण नगरी संचालन गर्ने व्यवसायलाई कानुन अनुसार दर्ता खारेजी गर्ने अधिकार नेपाल सरकार सँग रहन्छ भन्ने हाम्रो बुझाई रहेको छ।

हाम्रा कुनैपनि सदस्यको फार्मेसी दर्ता खारेजीमा परेको छ भने, उक्त खारेजी किन र कसरी भएको हो भन्ने स्पष्ट जानकारीसहित नेपाल फार्मेसी संघको नजिकको जिल्ला, प्रदेश तथा केन्द्रीय कार्यालयसँग सम्पर्क राख्न अनुरोध गर्दछौँ। जसले तथ्यगत आधारमा समाधानको मार्ग पहिचान गर्न सहयोग पुर्‍याउनेछ भन्ने हाम्रो विश्वास छ। नेपालको संविधानअनुसार ऐन बनाउने, संशोधन वा खारेज गर्ने अधिकार केवल जननिर्वाचित संसदलाई मात्र हुने भएकाले वर्तमान सरकारले औषधि ऐन, २०३५ को दफा ११ पुनःसंशोधन गर्ने सम्भावना अत्यन्त न्यून छ भन्ने नेपाल फार्मेसी संघको बुझाइ रहेको छ।

औषधि तथा स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि पेशामा प्रवेश गर्ने आधार केवल कानुनले तोकेको शैक्षिक योग्यता मात्र हो। प्रचलित कानुनले तोकेको शैक्षिक योग्यता नभईकन व्यवसाय गर्नु गैरकानुनी हो। यस्ता गतिविधिहरूलाई कानुनअनुसार नियमन गर्न सम्बन्धित निकायकोको ध्यानाकर्सण गर्दछौ।

फार्मेसी सेवा नागरिकको जीवनरक्षासँग जोडिएको अतिसंवेदनशील क्षेत्र हो। स्वास्थ्य सेवामा अबरोध हुनेगरी बन्द हड़ताल जन्य कार्य नगर्न सम्माननीय सर्वोच्च अदालातालतले समेत आदेस गरिसकेको कुरालाइ नेपाल फार्मेसी संघ आत्मसाथ गर्दछ। नेपाल फार्मेसी संघले हाम्रा सम्पूर्ण सदस्यहरुलाई नियमितरुपमा फार्मेसी सेवा प्रवाह गर्न आग्रह गर्दछ। साथै नेपाल फार्मेसी संघ कुनैपनि प्रकारको आन्दोलन, बन्द हडतालमा संग्लग्न नरहेकोकुरा अवगत गराउन चाहान्छौ।

अध्यक्ष
युवराज भुसाल

  • १४ मंसिर २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech