भेरी अस्पतालका डा सुवेदी, डा नेपाल र डा शर्मालाई पनि सह प्राध्यापकको जिम्मेवारी

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०८१, आईतवार

नेपालगन्ज: भेरी अस्पतालका थप तीन जना चिकित्सकले पनि सह प्राध्यापकको जिम्मेवारी पाएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीलाई पनि सह प्राध्यापकको जिम्मेवारी दिएको छ ।

त्यसैगरी मुटुरोग विशेषज्ञ डा  विकास नेपालले पनि न्याम्सबाट सह प्राध्यापकको जिम्मेवारी पाएका  छन् ।

रेडियोलोजी डा बिश्वनाथ शर्मालाई पनि न्याम्सले सह प्राध्यापकको जिम्मेवारी तोकेको हो ।

भेरी अस्पतालमा आउने वर्षदेखि ‘पिजी’ कार्यक्रम संचालन गर्ने भएपछि प्रतिष्ठानले प्राध्यापकको जिम्मेवारी तोक्न थालेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषदको मंसिर २ गतेको बैठकले उनीहरुलाई जिम्मेवारी तोकेको हो ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे,  अर्थोपेडिक विभागमा कार्यरत अर्थोपेडिक सर्जनहरु डा. तिर्थेन्द्र खड्का र डा प्रकाश थापाले पनि सह प्राध्यापकको जिम्मेवारी पाएका छन् । डा. खड्का अर्थोपेडिक विभाग प्रमुख हुन भने डा. थापा अस्पतालका पूर्व मेसु हुन ।

एकेडेमीक उपाधी पाउने डाक्टरहरुले भेरी अस्पतालमा एमडी–एमएस अध्ययनका लागि आउने विद्यार्थीहरुलाई  गाइड गर्नेछन् ।

  • ९ मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech