काठमाडौं: रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा.पशुपति चौधरी नियुक्त हुनुभएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ।
सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी गराउँनुभएको हो ।