नेपालगन्जः सरकारी तथा गैरसरकारी स्तरबाट सुरक्षित गर्भपतन सेवालाई जिल्ला एवं समुदाय तहसम्म नै लगिएको भएता पनि केही महिलाहरुले असुरक्षित तरिकाले जस्तै जठिबुटीको प्रयोग,सुचिकृत नभएको स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराइरहेका छन् । यसरी असुरक्षित तरिकाबाट गर्भपतन गराउँदा निम्न समस्याहरु हुन सक्छन् ।
- गर्भपतन पूर्ण रुपमा नभई बढी रगत बग्ने ।
- पाठेघरमा संक्रमण हुने ।
- पाठेघर चोटपटक लागेर पाठेघर नै निकाल्नुपर्ने अवस्था आउन सक्ने ।
- बाँझोपन हुन सक्ने ।
- महिलाको मृत्यु समेत हुन सक्ने ।
असुरक्षित गर्भपतनबाट हुनसक्ने माथिका समस्याहरुबाट महिलाहरुलाई धेरै दिन अस्पतालमा बस्नुपर्ने हुनाले परिवारलाई आर्थिक र सामाजिक समस्या पनि हुनसक्छ । असुरक्षित गर्भपतन गर्नाले महिलाको ज्यानै जान सक्ने हुनाले असुरक्षित गर्भपतन कदापि गराउनु हुँदैंन ।