असुरक्षित गर्भपतन गराउँदा हुनसक्छ बाँझोपन

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०७९, सोमबार

नेपालगन्जः सरकारी तथा गैरसरकारी स्तरबाट सुरक्षित गर्भपतन सेवालाई जिल्ला एवं समुदाय तहसम्म नै लगिएको भएता पनि केही महिलाहरुले असुरक्षित तरिकाले जस्तै जठिबुटीको प्रयोग,सुचिकृत नभएको स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराइरहेका छन् । यसरी असुरक्षित तरिकाबाट गर्भपतन गराउँदा निम्न समस्याहरु हुन सक्छन् ।

  • गर्भपतन पूर्ण रुपमा नभई बढी रगत बग्ने ।
  • पाठेघरमा  संक्रमण हुने ।
  • पाठेघर चोटपटक लागेर पाठेघर नै निकाल्नुपर्ने अवस्था आउन सक्ने ।
  • बाँझोपन हुन सक्ने ।
  • महिलाको मृत्यु समेत हुन सक्ने ।

असुरक्षित गर्भपतनबाट हुनसक्ने माथिका समस्याहरुबाट महिलाहरुलाई धेरै दिन अस्पतालमा बस्नुपर्ने हुनाले परिवारलाई आर्थिक र सामाजिक समस्या पनि हुनसक्छ । असुरक्षित गर्भपतन गर्नाले महिलाको ज्यानै जान सक्ने हुनाले असुरक्षित गर्भपतन कदापि गराउनु हुँदैंन ।

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech