नेकपा बाँकेका सचिव अशोक कोइरालालाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७७, आईतवार

नेपालगन्ज २१, भदौ ।
नेकपा बाँकेका सचिव अशोक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेमा आज पुष्टि भएका ३८ जनामा जिल्ला सचिव कोइराला पनि पर्नु भएको छ ।

पार्टी काममा प्रायः बाहिर निस्किरहने जिल्ला सचिव कोइरालालाई सामान्य लक्षण देखिएपछि कोरोना जाँच गरिएको थियो ।
कोइरालालाई आजको दिनमा भने कुनै लक्षण देखिएको छैन । अस्ती सामान्य रुघाखोकी लागेपछि कोरोना जाँच गरेको थिए, रिपोर्ट पोजिटिभ आएछ, कोइरालाले भन्नुभयो, अब १४ दिन आइसोलेसनमा बस्नु पर्ने भयो ।’

यसअघि नेकपा, बाँकेका संगठन विभागका प्रमुख रत्न खत्रीलाई कोरोना देखिएको थियो । उहाँ आइसोलेसन सेन्टरमा बसिरहनु भएको छ ।

  • २१ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech