जुम्ला १८ , भदौ
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रजिअ थापाले आफुलाई भाईरस संक्रमण पुष्टि भएको सामाजिक सन्जाल मार्फत जनाकारी गराएका हुन् ।
जनताको जिवनको सुरक्षा गर्ने सिलसिलामा अहोरात्र खटिदा आफुपनि कोरोनाबाट अछुतो हुन नसकेको भन्दै सबैलाई सुरक्षित रहन प्रजिअ थापाले फेसबुक मार्फत आग्रह समेत गरेका छन् ।