जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७७, बिहीबार
जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण

जुम्ला १८ , भदौ

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान  जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रजिअ थापाले आफुलाई भाईरस संक्रमण पुष्टि भएको सामाजिक सन्जाल मार्फत जनाकारी गराएका हुन् ।

जनताको जिवनको सुरक्षा गर्ने सिलसिलामा अहोरात्र खटिदा आफुपनि कोरोनाबाट अछुतो हुन नसकेको भन्दै सबैलाई सुरक्षित रहन प्रजिअ थापाले फेसबुक मार्फत आग्रह समेत गरेका छन् ।

  • १८ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech