नेपालगन्ज: सवारी दुर्घटनामा परी एकजना स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ।
महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।
टोखा नगरपालिका-३ झुडोलमा आइतबार महर्जनले चलाइरहेको स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो।
तीब्र गतिमा आएको मोटरसाइकलसँग ठक्कर खाएर स्कुटर लड्दा महर्जन गम्भीर घाइते हुनु भएको थियो । उहाँलाई तत्कालै उपचारका लागि ग्राण्डी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार दक्षिणबाट पश्चिमतर्फ आउँदै गरेको बा ९६ प २४४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा २९ प १०९८ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको थियो ।
मृतक महर्जन ग्रीनसिटी अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत हुनुहुन्थ्यो ।