सवारी दुर्घटनामा परी नर्सको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७९, मंगलवार

नेपालगन्ज:  सवारी दुर्घटनामा परी  एकजना स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ।

महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।
टोखा नगरपालिका-३ झुडोलमा आइतबार महर्जनले चलाइरहेको स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो।

तीब्र गतिमा आएको मोटरसाइकलसँग ठक्कर खाएर स्कुटर लड्दा महर्जन गम्भीर घाइते हुनु भएको थियो ।  उहाँलाई तत्कालै उपचारका लागि ग्राण्डी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार दक्षिणबाट पश्चिमतर्फ आउँदै गरेको बा ९६ प २४४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा २९ प १०९८ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको थियो ।

मृतक महर्जन ग्रीनसिटी अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

  • १७ श्रावण २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech