नेपालगन्जः कर्मचारीमा कोरोना भाइरस संक्रमण फैलिएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालय बन्द भएको छ ।
गाउँपालिका र महालेखा परिक्षकको कार्यालयमा कार्यरत गरेर २४ जना कर्मचारीको कोभिड ‘एन्टिजिन’ परिक्षण गर्दा १२ जनालाई भाइरस संक्रमण पुष्टी भएको छ ।
कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरेको पालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजदेखि१५ गतेसम्म अत्यावश्यक सेवा बाहेक गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।
कार्यालयको लेखा, योजना, प्राविधिक, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायत विभिन्न शाखामा कार्यरत कर्मचारी तथा महालेखा परिक्षकको कार्यालयबाट खटिएर आएका कर्मचारीलाई संक्रमण पुष्टी भएको हो ।
नेपालगन्ज, कोहलपुर, खजुरालगायतका बजारीक्षेत्रमा तीब्र बनेको भाइरस पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि फैलिँदै गएको छ ।