बाँकेमा आजदेखि भेरोसेलको पहिलो मात्रा खोप

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेमा आजदेखि भेरोसेलको पहिलो मात्रा खोप दिइदैछ । जिल्लाका ८१ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट भेरोसले खोपको पहिलो मात्रा दिईने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीहरुलाई भेरोसेल खोप लगाइने छ । विद्यार्थीको हकमाभने परिचयपत्र अनिवार्य गरिएको छ ।

यस्तै यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले पनि खोप लगाउन पाउने छन् । दोस्रो खोपको मात्रा लगाउन भने पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य साथमै लैजान भनिएको छ ।

यो अभियान असोज १४ गतेसम्म चल्नेछ ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech