नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।
रामारोशन गाउँपालिका- १ अछामका २६ वर्षीय युवाको मृत्यु भएको हो ।
अछाममा गत भदौं ३० गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो ।
असोज २ गते भेरी अस्पतालमा आएर उनी भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि शुक्रबार बिहान १० बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो सँगै कोरोना संक्रमणबाट उपचारका लागि जिल्ला बाहिरबाट बाँके आएका ४ सय १७ जनाको मृत्यु भएको छ ।