भेरीमा कोभिड संक्रमित २६ वर्षका युवकको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७८, शुक्रबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका- १ अछामका २६ वर्षीय युवाको मृत्यु भएको हो ।

अछाममा गत भदौं ३० गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो ।
असोज २ गते भेरी अस्पतालमा आएर उनी भर्ना भएका थिए ।  स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि शुक्रबार बिहान १० बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै कोरोना संक्रमणबाट उपचारका लागि जिल्ला बाहिरबाट बाँके आएका ४ सय १७ जनाको मृत्यु भएको छ ।

 

  • ८ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech