‎हेलिबाट उद्दार गरिएकी सुत्केरीको सुर्खेतमा मृत्यु

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०८२, शुक्रबार

जुम्लाः बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ ।

तिला गाउँपालिका वडा नं.३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई बिहीबार जुम्लाबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

‎‎कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी हुनु भएकी नेपालीलाई स्वास्थ्य अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

‎‎थप उपचारका लागि सुर्खेत अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।

  • २९ फाल्गुन २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech