ज्वरोका कारण महरागाउँमा एकै घरका दुइ किशोरको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०८२, शनिबार

बैतडी: बैतडीको पुरचौंडी नगरपालिका–१० महरागाउँमा ज्वरोका कारण दुइ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ बर्षिय बिनोद महरा र उनकै भाइ १० बर्षका विकाश महरा रहेका छन् ।

उच्च ज्वरो आउने, बान्ता हुने, जिउ तथा आँखा दुख्नेजस्ता लक्षणले सहोदर दाजुभाइको मृत्यु भएको स्थानीय किशोर धामीले बताए । उनका अनुसार दाजु बिनोदको गत सोमबार मृत्यु भएको हो भने भाइ विकासको आज बिहान मृत्यु भएको हो ।

ज्वरोबाट गम्भिर बनेका उनलाइ अस्पताल लैजान गाउँलेहरुले गाडि मगाएका थिए । गाडि आइनपुग्दै बान्ता गरेर पानी पिएपछि छटपटाउदै मृत्यु भएको स्थानीय कैलाश महराले बताए । उनका दाजु विकासलाइ पनि गत सोमबार अस्पताल लैजान घरबाट १० मिनेट हिडेर सडकमा पु¥याएपछि गाडि चढ्नै लाग्दा बेहोस भएर मृत्यु भएको महराले जानकारी दिए ।

पुरै गाउँभरी सोही लक्षण भएका दर्जनौ बिरामी रहेको स्थानीयले बताए । ‘एकै घरका दुइ किशोरको मृत्यु भएपछि गाउँ नै त्रसित बनेको छ’ महराले भने ‘गाउँभरी यस्तै ज्वरोका बिरामी छन् ।’ बिनोद गलेश्वर माबि कक्षा ७  र विकास भौनेली आबिमा ३ कक्षामा पढ्ने गरेका थिए ।

मृतक दुबैकी आमा पनि गम्भिर बिरामी परेको र केही दिनदेखि खाना नखाएका कारण अवस्था चिन्ताजनक रहेको स्थानीयले बताएका छन् ।  गाउँमा बिरामी फैलिएको खबर पाएपछि जिल्ला अस्पताल बैतडी र स्वास्थ्य चौकी पुरचौंडीबाट डाक्टर सहितको टोली घटनास्थल गइरहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुवँरले बताए ।

  • १६ फाल्गुन २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech