विवेक श्रेष्ठको वाचापत्र: भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन संघीय पहल

    • स्वास्थ्य पेज

  • ५ फाल्गुन २०८२, मंगलवार

नेपालगन्ज: बाँके क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विवेक श्रेष्ठले आफ्नो वाचापत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका श्रेष्ठले नेपालगन्जमा आज पत्रकार सम्मेलन गरि स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी लगायतलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतिबद्धता अघि सारेका हुन् ।

उनको वाचापत्रमा भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न संघीय पहल गर्ने उल्लेख गरिएको छ । साथै बाँके क्षेत्र नं.२ को समग्र विकासका लागि नेपालगन्जलाई पश्चिम नेपालकै प्रमुख स्वास्थ्य हबका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको जनाइएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सँगको समन्वयमा प्रदेश बजेटमार्फत कृषि, स्वास्थ्य र रोजगारी कार्यक्रम विस्तार गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ । श्रेष्ठले नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरी जडीबुटी प्रशोधन उद्योग स्थापना तथा सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • ५ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech