नेपालगन्जः बाँके क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले सोमवार प्रतिवद्धता पत्र सार्वजिक गरेका छन् । नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी उनले प्रतिवद्धता पत्र सार्वजनिक गरे । उक्त प्रतिवद्धता भेरी अस्पताललाई केन्द्रमा राखिएको छ । ट्रमा सेन्टर स्थापनादेखि भेरी अस्पतालमा न्यूरो र मुटुसम्वन्धी बिरामीको उपचारार्थ विशेष व्यवस्था गरिने कुरा उल्लेख गरिएको छ ।
राईको प्रतिवद्धता पत्रमा स्वास्थ्यका बिषयहरु यस्ता छन्
१ -सरकारी अस्पतालमा चिकित्सक र अन्य प्राविधिक जनशक्तिको दरबन्दी थप गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइनेछ ।
२ -स्वास्थ्य बीमालाई थप सहज र प्रभावकारी बनाइनेछ ।
३ -डुडुवा लगायतका पालिकास्थरमा रहेका १५ शैयाका अस्पताल र स्वास्थ्य चौकीहरुलाई आधुनिक सुविधायुक्त बनाउँदै प्रसूति सेवा लगायतका सुविधा उपलब्ध गराउन पहल गरिने ।
४ -भेरी अस्पतालमा चिकित्सा शिक्षाको स्नाकोत्तर तहको कक्षा संचालन गर्दै स्थानीय विद्यार्थीलाई निश्चित छात्रवृत्ति उपलब्ध गराउने नीति बनाउन पहल गरिनेछ ।
५ -सबै स्वास्थ्य संस्थामा जनशक्तिको यथोचित व्यवस्थापनमा गर्न पहल गरिने छ ।
६ -‘कोही रोगी हुन नपरोस्, उपचार नपाएर कोही मर्नु नपरोस्’ नारालाई आत्मसात गर्दै भेरी अस्पतालमा न्यूरो र मुटुसम्वन्धी बिरामीको उपचारार्थ विशेष व्यवस्था गरिनेछ ।
७ गम्भीर चोटपटक लागेका घाइतेहरुको उपचारका लागि ट्रमा सेन्टर सञ्चालन गरिनेछ ।
८ -भेरी अस्पतालका लागि यसअघि सवा ३ अर्वको कार्ययोजना स्वीकृत भइ २५ करोड रुपैयाँ विनियोजन समेत भइसकेको अवस्थामा रोकिएको काम अघि बढाइनेछ ।
९ -भेरी अस्पतालमा अत्याधुनिक र व्यवस्थित मर्चरी चेम्वर सेवा सुदृढ गरिनुका साथै व्यवस्थित पोष्टमार्टमका लागि संरचनागत सुधार गरिनेछ ।
१० -सहरी स्वास्थ्य क्लिनिकलाई व्यवस्थि तगर्दै स्तरोनति गरिनेछ ।
११ – सुशील कोइराला क्यान्सर अस्पतालको सेवामा स्तरोन्नति र पूर्वाधार विकास गरिने छ ।








