दैनिक व्यायाम गर्ने हो भने आफ्नो शरीरमा थुप्रै सकारात्मक परिवर्तनहरूको महसुस गर्न सकिनेछ । व्यायामले शारीरिक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । व्यायामले मुटु, फोक्सो, हड्डी, मांसपेशीहरू र मेटाबोलिकलाई स्वस्थ बनाउन भूमिका खेल्छ । व्यायामले कैयौं नसर्ने रोगहरु स्ट्रोक, मधुमेह, दम र आस्तियोपोरोसिस जस्ता रोगहरूको संक्रमण रोक्न मद्दत गर्छ ।
चिसो मौसम नजिकिँदै जाँदा मानिसहरू पनि आफ्नो शरीरको बारेमा लापरवाह देखिन्छन् । यस समयमा व्यक्तिहरू दौड उपयुक्त मान्दैनन् र बाँकी व्यायामहरू छोड्छन् ।
चिसोले गर्दा मानिसहरुमा ढाड दुख्ने, हात खुट्टा फुल्ने, शरिर दुख्ने, रुगाखोकी लाग्ने लगायतका समस्याले रातदिन पिरोल्ने गर्छ । अस्पतालहरुमा गएर औषधि सेवन गर्दा समेत रोग निको नभएका व्यक्तिहरु धेरै हुने गर्छन । तर जाडोको समयमा घरमै बसेर पनि हामीले नियमित व्यायाम गर्ने हो भने जाडो समयमा हुने विभिन्न समस्याहरुबाट छुट्करा पाउन सकिन्छ ।
जाडोयाममा यसरी गरौँ व्यायाम
जाडो मौसममा व्यायाम गर्न सजिलो छैन । तर, सावधानी अपनाएर व्यायाम गर्नाले शरीरलाई सकारात्मक ऊर्जा मिल्छ । सावधानी अपनाइएन भने यो प्रत्युत्पादक पनि हुन सक्छ । जाडोमा व्यायाम तथा योगा गर्दा निम्न सावधानी अपनाउनुपर्छ ।
- बाक्लो कपडाको प्रयोग
- व्यायामका लागि निस्कनुअघि मौसमबारे
- जानकारी राख्ने
- शरीर पूरै ढाक्ने कपडा लगाउने
- व्यायाम गर्दा कटनको कपडा प्रयोग नगर्ने
- व्यायामकै बीचमा तातो पानी पिउने
- बिहान अबेरसम्म व्यायाम गर्दा घामबाट बच्ने क्रिम ९सनस्क्रिन० लगाउने
- हरेक व्यायामपछि आराम गर्ने
- चिल्लोयुक्त पदार्थ खाने
- जाडोमा छाला सुक्खा हुने भएकाले ‘कोल्डक्रिम’ प्रयोग गर्ने ।