बाँकेमा आजदेखि कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाइँदै

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०८१, आईतवार

नेपालगन्जः बाँकेमा आजदेखि कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिँदैछ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार आजदेखि भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा फाइजर बाइभ्यालेन्ट खोप  लगाउन सुरु गरिन लागिएको हो ।

कोहलपुर नगरपालिकाले नगर अस्पतालसहित पन्ध्र वटै वडामा खोप लगाउने कार्यक्रम राखिएको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए । अन्य पालिकामा पनि खोप कार्यक्रम राखिएको छ । असोज ४ गतेसम्म खोप लगाउने समय निर्धारण गरिएको छ ।

१२ वर्ष भन्दा माथिका नागरिकहरुले बुष्टर डोजका रुपमा फाइजर बाइभ्यालेन्ट खोप लगाउन सक्ने पनि शाहीले बताए । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार जिल्लामा ३० हजार डोज फाइजर बाइभ्यालेन्ट खोप आएको छ । खोप लगाउने लक्षित वर्गको तुलनामा खोपको मात्रा कम छ । तर प्राप्त खोपलाई प्रभावकारी ढंगबाट लगाउने गरि योजना बनाइएको उनले बताए । कोरोनाका बिरामी अहिलेपनि देखिरहेका छन् ।

कोरोना संक्रमणबाट जोगाउन यो खोप अत्यन्तै प्रभावकारी भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोभिड फोकल पर्सन समेत रहेका श्रेष्ठले गत आर्थिक वर्षमा जिल्लामा १९ जनामा कोभिड संक्रमण देखिएको थियो । भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामीहरु आइरहेको अस्पतालले जनाएको छ ।

  • ३० भाद्र २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech