भरतपुर अस्पतालमा रहेको ‘एमआरआई’ मेसिनको उद्घाटन

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०८१, सोमबार

चितवन: चितवनको भरतपुर अस्पतालमा रहेको ‘एमआरआई’ मेसिनको उद्घाटन गरिएको छ ।

स्वास्थ्य मन्त्रि प्रदिप पौडेलले आज सोमबार औपचारीक रुपमा ‘एमआरआई’ मेसिनको उद्घाटन गर्नुभएको हो । सेवा सञ्चालन भएको करिब दुई महिनापछि ‘एमआरआई’ मेसिनको उद्घाटन गरिएको हो । अस्पतालले असार २७ गतेदेखि एमआरआई सेवा सञ्चालन गरेको थियो ।

स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने अस्पतालले जानकारी दिएको छ । यहाँ दैनिक २५ जना हाराहारीले सेवा लिने गरेका छन् ।

संघिय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोड रुपैयाँमा मेसिन जडान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech