काठमाडौं: ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
थाइराइडको क्यान्सरको उपचार गराइरहेकी एक महिलाको अस्पतालबाट हामफाल्दा मृत्यु भएको हो । शनिबार अस्पतालबाट हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान मृत्यु भएको बताईएको छ ।
आईसीयूमा राखेर उपचाररत तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
तामाङ गत साउन २४ गते अस्पताल भर्ना भएकी थिइन् ।