अर्थोपेडिकः समस्या, उपचार र सचेतना

    • डा.सैयद सद्दाम/अर्थोपेडिक सर्जन

  • ७ श्रावण २०८१, सोमबार

नेपालमा अहिलेपनि स्वास्थ्य सचेतनाको पाटो प्रभावकारी बन्न सकेको छैन । मानिसहरुले नियमित स्वास्थ्य चेकजाँच गराएको पाइदैन् । रोगै लागेपछि र त्यसमा पनि सहजै गाह्रो भएपछिमात्रै स्वास्थ्य चौकी वा अस्पताल पुग्ने गरेको पाइन्छ । विशेषज्ञ चिकित्सकसँग भेट्ने, परामर्श सेवा लिनु पर्ने कुराको पनि धेरै मानिसहरुलाई थाहा नै छैन ।

त्यसमा पनि अर्थोपेडिक सेवा अर्थात हड्डी, जोर्नीलगायतको समस्याबारे बिरामीहरुले उचित समयमा उचित उपचार नपाएको पाइन्छ । समस्याको सुरुवाती चरणमै उपचार पाउने हो भने धेरै समस्या समाधन हुन्छ । यसले एकातिर बिरामीले दुःख पनि कम पाउने र उपचार खर्च पनि जोगिने हुन्छ । यो लेखमा अर्थोपेडिक समस्या, उपचार र सचेतनाको पाटोलाई केलाउन खोजिएको छ ।

सामान्यतयाः अर्थोपेडिक समस्या
चोटपटक र घाउः पहाडी र हिमाली क्षेत्रका बिरामीहरुमा चोटपटक र घाउको समस्या बढी देखिन्छ । किनभने त्यहाँको भुनावट भीरपाखा त्यस्तैत्यस्तै खालको छ । हिडडुल गर्दा, कामकाज गर्दा लडेर घाइते हुनेछ । र, चोटपटक लाग्ने गर्छन । समयमा उपचारको नपाउँदा त्यसले बिकराल रुपमा लिने गर्छन । त्यस्तै सवारी दुर्घटनाका कारण पनि चोटपटक लागेका बिरामीहरु अस्पताल आउने गछएन् ।

गठिया रोगः वृद्ध जनसंख्यामा गठिया रोगको समस्या धेरै देखिन्छ।

कमर र जोर्नी दुखाईः भारी शारीरिक काम र खराब शारीरिक मुद्राको कारणले यो समस्या धेरै देखिन्छ।

स्वास्थ्य सेवा संरचनाः नेपालगन्ज लगायतका शहरी क्षेत्रमा अर्थोपेडिक उपचारको राम्रो सुविधा छ, जहाँ विभिन्न विशेषज्ञ अस्पताल र क्लिनिकहरू छन्। ग्रामीण क्षेत्रमा विशेष अर्थोपेडिक सेवाहरूको पहुँच कम भएकाले मानिसहरूलाई समयमै र पर्याप्त उपचार प्राप्त गर्न गाह्रो छ।

रोकथामका उपायहरूः
सुरक्षित अभ्यासबारे मानिसहरुलाई शिक्षित गर्ने, चोटपटक वा दुर्घटनामा घाइते भएकाहरुको उद्दारको तवरतरिकाबारे जानकारी प्रवाह गरिनुपर्ने आवश्यकता छ ।

हड्डी स्वास्थ्य कायम राख्न नियमित व्यायाम र सन्तुलित आहारको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि उत्तिकैछ । उपचार र पुनर्स्थापनाः चोटपटक र अर्थोपेडिक समस्याहरूको प्रारम्भिक उपचारका लागि जनतालाई प्रोत्साहित गरिनु पर्छ । बिरामीलाई स्वास्थ्य लाभ र गतिशीलता पुनः प्राप्त गर्न मद्दत पुर्‍याउन भौतिक चिकित्सा र पुनर्स्थापना सेवाहरूको उपलब्धता हुनुपर्छ ।

जनचेतना अभियानहरूः एनजिओ र स्वास्थ्य संस्थाहरूले हड्डी स्वास्थ्य, चोटपटकको रोकथाम र अर्थोपेडिक समस्याहरूको प्रारम्भिक उपचारको महत्वबारे मानिसहरुलाई शिक्षित गर्न विभिन्न जनचेतना कार्यक्रम सञ्चालन गर्छन्। सामुदायिक स्वास्थ्यकर्मीहरूले दुर्गम क्षेत्रमा जनचेतना फैलाउन र आधारभूत उपचार सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

चुनौतीहरूः ग्रामीण क्षेत्रमा आधुनिक चिकित्सा उपकरण र प्रशिक्षित अर्थोपेडिक विशेषज्ञहरूको सीमित पहुँचका कारण पनि बिरामीलाई उपचार सेवा प्राप्त गर्न कठिनाइ भएको छ । कतिपय सवालमा आर्थिक बाधाहरू पनि छन् ।

जसले मानिसहरूलाई उचित उपचार खोज्नबाट रोक्छ।आधुनिक चिकित्सा उपचारलाई कहिलेकाहीं अवरोध गर्ने सांस्कृतिक विश्वास र अभ्यासहरू पनि छन् । नेपालमा अर्थोपेडिक जनचेतना र स्वास्थ्य सेवा सुधार गर्न सरकार, स्वास्थ्य प्रदायक निकायहरु र सामुदायिक संस्थाहरूको समन्वकारी भूमिका आवश्यक छ ।

  • ७ श्रावण २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech