स्वास्थ्य वीमामा एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क तोकियो

    • स्वास्थ्य पेज

  • २७ असार २०८१, बिहीबार

नेपालगन्जः स्वास्थ्य वीमा बोर्डले बिमामार्फत दिँदै आएको एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क निर्धारण गरेको छ । बोर्डले वीमामा रहेको सुविधा थैलीका सेवा सुविधाको परिमार्जित गर्दै नयाँ दर सार्वजनिक गरेको हो ।

परिमार्जित गरिएको दररेटमा ओपिडी टिकट ५० रुपैयाँ, जनरल बेडचार्ज प्रतिदिन दुई सय ५०, शल्यक्रियामा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको हो । यसबाहेक, कतिपय सेवाहरू तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएकोसमेत बोर्डले जनाएको हो ।  नयाँ दररेट साउन १ गतेदेखि लागू गरिने बताइएको छ ।

  • २७ असार २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech