स्वास्थ्य मन्त्रालयले डा.बद्रीलाई भन्यो–‘भेरी अस्पतालमै कामकाज गर्नु’

    • स्वास्थ्य पेज

  • १७ असार २०८१, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाइँलाई भेरी अस्पतालमै बसेर नियमित कामकाज गर्न भनेको छ ।

डा.चापागाइँलाई यसअघि मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा काज सरुवा गरेको भएपनि पुनः मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पतालमै यथावत राखेको हो । डा.चापागाइँको भेरी अस्पतालमै दरवन्दी छ ।

डा.चापागाइँ २०७० साल कार्तिकमा भेरी अस्पतालमा पोष्टिङ हुनुभएको थियो । भेरी अस्पतालको मेसु र अस्पताल विकास समितिको अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरिसक्नु भएका डा.चापागाइँलाई आफ्नै दरवन्दी भएको स्थान भेरी अस्पतालमै बसेर कामकाज गर्न मन्त्रालयले भनेको छ ।

डा.चापागाइँ भेरी अस्पतालको डर्माटोलोजी विभागको विभागीय प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो । डा.चापागाइलाई रमाना नबुझाउँदै अस्पताल प्रशासनले भने डर्माटोलोजी विभागको जिम्मेवारी डा.रणधिर कुमार झालाई दिएको थियो ।

  • १७ असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech