पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने रेटिनोब्लास्टोमा क्यान्सर के हो ?

    • स्वास्थ्य पेज

  • १७ असार २०८१, सोमबार

आँखा क्यान्सर रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमा भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो । १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा बालबालिकामा आँखामा हुने क्यान्सर अर्थात् रेटिनोब्लास्टोमा देखिने तथ्याङ्कले देखाएको छ ।

बालबालिकामा हुने क्यान्सर मध्ये रेटिनोब्लास्टोमा क्यान्सर पाँच प्रतिशतमा देखिने गर्छ । नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकाहरुमा रेटिनोब्लास्टोमा क्यान्सर देखिने डा। राजकर्णिकारको भनाइ छ।

यो एउटा जटिल रोग भए तापनि समयमा नै लक्षण पत्ता लगाई उपचार गरेमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै दृष्टि जोगाउन सकिने आँखा रोग विशेषज्ञ बताउँछन् । यदि उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान सक्ने आँखा उहाँ बताउनुहुन्छ।

यसको प्रमुुख लक्षण भनेको आँखाको कालो नानीको बीच भागमा सेतो दाग देखिने गर्दछ । यस्तो लक्षण देखिए तापनि बालबालिका भने स्वस्थ नै देखिने भएकाले अभिभावकले ढिलो गरी उपचारमा लैजाने आँखा रोग विशेषज्ञ बताउँछन् ।

“हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरुलाई भाग्यमानी ठान्ने चलन छ । यी पनि रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन । कतिपय मानिसले भने यी लक्षणका जटिलतालाई बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जान ढिलाइ गर्छन् । यी नै कारणले गर्दा यो रोग लागेका बालबालिकाहरुलाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।” डा.राजकर्णिकार भन्नुहुन्छ,

डा. राजकर्णिकारका अनुसार यसका अलावा रंगीन फोटोमा आँखाको नानी सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु, आँखाको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु यसका अन्य लक्षण हुन् ।

उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ आँखा रोग विशेषज्ञ बताउँछन् । “क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ ।”

यो रोग लागेका बिरामीका अन्य सदस्यमा पनि यो रोग भएको हुनसक्ने भएकाले परिवारका अन्य सदस्यको आँखामा जाँच गराउन आँखा रोग विशेषज्ञको आग्रह छ । लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थरमोथेरापी, क्रायथेरापी र रेडियोथेरापीको माध्येमबाट यो रोगको उपचार हुने आँखारोग विशेषज्ञ बताउँछन् ।

  • १७ असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech