कोहलपुरमा १७४ जना क्षयरोगीका नयाँ विरामी फेला

    • स्वास्थ्य पेज

  • १६ असार २०८१, आईतवार

कोहलपुरः कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्षमा १७४ जना क्षयरोगी (टीबी)का नयाँ विरामी फेला परेका छन् । कोहलपुरमा उपचार पुरा गर्ने दर ९४.९ प्रतिशत रहेको छ । नयाँ केस पत्ता लगाउने दर प्रति लाखमा १६३ जना रहेको पाइएको छ । मृत्युदर भने १.९ रहेको छ । चालू आर्थिक वर्षमा फेला परेका नयाँ क्षयरोगीमध्ये कतिपय नियमित औषधि सेवनपछि निको भइसकेका छन् । एक जनालाई नेपालगन्ज टीबी अस्पतालमा उचपारका लागि भर्ना गरिएको छ । २२ जना बिरामीहरुलाई नियमित पोषण सामाग्री वितरणको काम भइरहेको छ ।

उनीहरुलाई ६ महिनासम्म पोषण सामाग्री वितरण गर्ने कार्यक्रम छ । निम्न आयस्तर भएका, गरीव, विपन्न तथा असक्तहरुलाई उनीहरुको पोषणमा सुधार ल्याउन पोषण सामाग्री वितरण गर्ने गरिएको नगरपालिकाले जनाएको छ । टीबी संक्रमण पुष्टि भएकाहरु नियमित औषधि सेवन गरिहेको कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका फोकलपर्सन प्रेम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले २०५० सम्म क्षयरोग अन्त्यको लक्ष्य राखेको छ ।

त्यहीअनुसार कोहलपुर नगरपालिकाले पनि क्षयरोग अन्त्यका लागि जनचेतना, प्रारम्भिक जाँच र व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकता दिएर अभियान चलाइरहेको छ । कोहलपुरका पन्ध्रै वटा वडामा डट्स सेन्टर छन् । वडामा टीबी संक्रमण पुष्टि भएका बिरामीहरुले वडामै रहेका डट्स केन्द्रबाट नियमित औंषधि सेवन गरिरहेको पाण्डेको भनाइ छ । कोहलपुर नगरपालिकामा टीबी पहिचानका लागि प्रत्येक वडामा टीबी स्वयमसेवक परिचालन गरिएको छ । उनीहरुले घरघरमा पुगेर टीबीका बिरामीहरु खोज्ने गर्छन् ।

शंकास्पद लक्षण चिन्ह देखिएका बिरामीको खकार चेकजाँचका लागि नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल तथा टीबी अस्पताल पठाउने गरेको कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका संयोजक रमेश भण्डारीले बताउनुभयो । उहाँका अनुसार क्षयरोग अन्त्यका लागि कोहलपुर नगरपालिकाले वडास्तरमा सुरक्षा योजना निर्माण तथा प्रगति समिक्षा बैठक गर्ने, नगर प्रमुखको संयोजकत्वमा पालिका स्तरीय र वडाअध्यक्षको संयोजकत्वमा वडास्तरी समिति गठन गरिएको छ ।

के हो क्षयरोग ?

क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक कीटाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । क्षयरोग दुई प्रकारका हुने गर्छ ।

१.छातीमा देखिने

२.छाति बाहिर छातीमा क्षयरोगको संक्रमण भएमा विभिन्न लक्षण देखा पर्ने गर्छ ।

जस्तै: 

-तीन हप्तासम्म पनि खोकी निको नहुने

– लामो समयसम्म ९९ १०० ज्वरो आउने

– खान मन नलाग्न

– तौल कम हुने

– खकारमा रगत देखिने

– थकान महसुस हुने

– राती पसिना आउने गर्छ त्यस्तै, छाती बाहिर संक्रमण भएमा खान मन नलाग्ने, तौल कम हुने गर्छ । तर यसका साथै अन्य लक्षण देखा पर्छ । जस्तै, मृगौलाको क्षयरोग लागेमा पिसाबबाट रगत देखिने, हड्डीको क्षयरोग भएमा ढाड दुख्ने, ढाड कुप्रो पर्ने इत्यादी हुन्छ । त्यसमध्ये फोक्सोमा हुने क्षयरोगमा स्पुक्टम पोजेटिभ हुने गर्दछ । स्पुटम पोजेटिभ भएमा खोक्दा, हाच्छ्यिुँ गर्दा हावाको माध्यमद्धारा यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने गर्छ । कसलाई रु विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्न सक्ने यो क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ । यद्यपी, कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनासाथ त्यस्ता व्यक्तिलाई यो रोगले सजिलै आक्रमण गर्दछ ।

किन ?

शरीरमा पोषणको कमी, कुपोषण, सन्तुलित आहार, गलत खानपान लगायतका कारण पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा क्षयरोगका व्याक्टेरियाले शरीरमा सजिलै संक्रमण गर्ने गर्छ । बद्लिदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग रोग ठूलो चुनौतीको रुपमा देखा परेको छ । त्यसैले, यसलाई नियन्त्रण गर्नको लागि समयमै रोगको पहिचान आवश्यक छ ।

कसरी थाहा पाउने ?

– छातीको एक्सरे

– खकार जाँच

– जेन एक्सपर्ट मेसिनद्धारा दुई घण्टामै रोेग पत्ता लगाइन्छ

– प्रतिरोधात्मक क्षमता जाँच गर्ने

– रगत कल्चर गर्ने क्षयरोग नियन्त्रण गर्ने तरीका

– जनचेतना

– प्रारम्भिक जाँच

– व्यवस्थापन सामान्य खोकी र क्षयरोग दुई हप्तासम्म पनि निरन्तर खोकी लागेको छ भने क्षयरोग नै रोग लागेको हो भन्ने हुदैन । किनभने नेपालको बढ्दो वायु प्रदुषणका कारण पनि पछिल्लो समय मानिसहरुलाई छाती तथा फोक्सोको संक्रमण अधिक मात्रामा हुने गरेको छ । यद्यपी, दुई हप्ता भन्दा बढी समय खोकी लागेको छ र विभिन्न औषधीको प्रयोगबाट पनि उक्त खोकी निको भएको छैन र उक्त खोकी प्रति औषधीले कुनै प्रतिक्रिया जनाएको छैन भने त्यस अवस्थामा क्षयरोगको जाच गर्न अत्यावश्यक मानिन्छ । त्यस्तै, लगातारको खोकीको साथमा उक्त व्यक्तिमा तौल कम हुँदै गएको छ, खान मन लाग्दैन, खकारमा रातो रगत देखिन्छ भने पनि त्यसबेला क्षय रोग भएको शंका गर्न सकिन्छ ।

 

  • १६ असार २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech