श्री त्रिभुवन सामुदायिक पुस्तकालय बर्दियाका सदस्यहरुलाई थोपा प्रयोगशालामा छुट

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०८१, आईतवार

नेपालगन्ज: श्री त्रिभुवन सामुदायिक पुस्तकालयका आजिवन सदस्यहरुले नेपालगञ्जस्थित थोपा प्रयोगशालामा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । पुस्तकालयका सदस्यहरुलाई छुट दिने विषयमा पुस्तकालय र थोपा प्रयोगशालाबीच आईतबार नेपालगन्जमा सम्झौता भएको हो ।

सम्झौता अनुसार बाँसगढी नगरपालिका ८ ककौरा बर्दियाका सम्पूर्ण सदस्यहरुले थोपा प्रयोगशाला नेपालगञ्जमा सम्पूर्ण प्रयोगशाला जाँचमा २५ प्रतिशत छुट पाउने जनाइएको छ । व्यक्तिगत र चिकित्सकको सुझाव अनुसार गरिने प्रयोशाला परीक्षण सेवामा पुस्तकालयका सदस्यहरुलाई थोपा प्रयोगशालाले २५ प्रतिशत छुट दिने थोपा प्रयोगशालाका कार्यकारी अधिकृत सञ्चालक सुलभ आचार्यले जानकारी दिनुभयो ।

प्रयोगशालाले पुस्तकालयमा कार्यरत कर्मचारीहरुलाई समेत विशेष छुट प्रदान गर्नेछ । सम्झौतामा पुस्तकालयका लाइब्रेरियन मिना पौडेल र थोपा प्रयोगशालाका सुलभ आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै पुस्तकालयका लाइब्रेरियन पौडेलले पुस्तकालयका सदस्यहरुलाई स्वास्थ्य समस्या आउँदा प्रयोगशाला जाँचमा आर्थिक रुपमा पनि केहि राहत होस् र गुणस्तरीय सेवा समेत पाउँन् भनेर थोपासँग सम्झौता गरिएको बताउँनुभयो । प्रयोगशालाका कार्यकारी अधिकृत आचार्यले यसअघि पनि धेरै संघसंस्थाहरुसँग यसै प्रकारका सहकार्यहरु गरिसकिएको र गुणस्तरीय सेवा सबैसम्म पुर्याउन आगामी दिनमा समेत सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउँनुभयो ।

अब पुस्तकालयका १३३ जनाले थोपा प्रयोगशालाबाट उक्त छुट पाउँनेछन् ।

थोपा  प्रयोगशालाले अहिले विश्वकै सबैभन्दा आधुनिक टेक्नोलोजी इक्लियाबाट Thyroid Function, Tumor Marker,Fertility\ Hormone Test, Infectious Disease,  Anemia Test, एलर्जीको लागि IGE परिक्षण गरिरहको जनाएको छ ।  “सैबजसो उपकरणहरु USFDA मान्यता प्राप्त छन्,” सञ्चालक आचार्यले भन्नुभयो –”यी सबै उपकरणहरुको Precision बढी भएकाले रिपोर्टको एक्कुरेसी बढी रहन्छ ।”

यस्तै HBA1C टेष्टको Gold Standard Technology HPLC र अरु Haemoglobinopathy (सिकलसेल, थालेसिमिया ) समेत HPLC बाट भइरहको आचार्यले जानकारी दिनुभयो ।

प्रयोगशालामा Biochemistry को सबै जाँचहरु Full Automation विधिबाट भइरहको बताईएको छ । प्रयोगशालामा बाथरोग सम्बन्धिका जाँचहरु ( RF, CRP, Anti- CCP ) साथै PBS, Pap Smear Test, FNAC समेत भइरहेको बताइएको छ । थोपामा माइक्रोबायोलोजीको कल्र्चर, एन्टिबायोटिक सेन्सिटीभीटी टेष्ट पनि गरिन्छ ।

हाल प्रयोगशालामा आधुनिक टेक्नोलोजी इक्लिया प्रविधिबाट एचआइभी जाँच  भईरहेको र एलर्जी टेस्ट समेत सुरु भएको प्रयोगशाला प्रशासनले जानकारी दिएको छ ।प्रयोगशालाले नेपालगञ्ज- १० स्थित गणेशमान चोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको थोपा भवनबाट सेवा दिइरहेको छ ।

 

 

 

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech