फर्मासिस्टहरुको नाम दर्ता परीक्षामा ८८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०८१, आईतवार

नेपालगन्ज: नेपाल फार्मेसी काउन्सिलले फर्मासिस्टहरुको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । काउन्सिलले प्रकाशन गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका करिब ८८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

परीक्षामा जम्मा ११ दशमलब ७५ प्रतिशत मात्र उत्तीर्ण भएको बताईएको छ । फार्मेसी विषयमा ब्याचलर तह उत्तीर्ण रहेका ८८५ परीक्षार्थी परीक्षामा सहभागी थिए । जसमध्ये १०४ जना मात्रै उत्तीर्ण भएका छन्। लाइसेन्स परीक्षामा आवेदन दिनेमध्ये ५८.४३ प्रतिशत भारतीय विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा अध्ययन गरेर नेपाल फर्केका विद्यार्थीहरु थिए।

यस्तै पाकिस्तानका विश्वविद्यालयमा अध्ययन गरेका ०.३३ प्रतिशत, बंगलादेशका विश्वविद्यालयबाट ०.३३ प्रतिशत र काठमाडौँ विश्वविद्यालयका १.५२ प्रतिशत विद्यार्थीहरुले लाइसेन्स परीक्षामा आवेदन दिएका थिए ।

यसैबिच पोखरा विश्वविद्यालयका १०.९९ प्रतिशत, पूर्वाञ्चल विश्वविद्यालयको २४.१७ प्रतिशत र त्रिभुवन विश्वविद्यालयको ४.२४ प्रतिशत सहभागी भएको काउन्सिलले जनाएको छ । काउन्सिलले २५ औं नाम दर्ता परीक्षामा जेष्ठ २६ गते सञ्चालन गरेको थियो ।

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech