पत्रकार खनाल र केसीलाई सुर्यनाथ गौतम मुटु पत्रकारिता पुरस्कार, अन्य पुरस्कार क-कसले पाए ?

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०८१, आईतवार

नेपालगन्ज: पत्रकार शंकर खनाल र शोभा केसी सुर्यनाथ गौतम स्वास्थ्य(मुटु)पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको १४औं बार्षिक साधारण सभाका अवसरमा  पत्रकार खनाल र केसीलाई ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।

खनाल अन्नपूर्ण पोष्टमा र केसी सत्यपाटी डटकममा कार्यरत हुनुहुन्छ । उक्त पुरस्कार नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतमका आमा सुशीला गौतमले श्रीमान् सूर्यनाथ गौतमको स्मृतिमा स्थापना गर्नुभएको हो ।

यस्तै महासँघ बाँके शाखाको १४औं बार्षिक साधारण सभामा माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार लक्ष्मण ढुङ्गाना(बर्दिया) र अनिता विश्वकर्मा (बाँके)लाई प्रदान गरिएको छ । ढुङ्गाना एपिवान टेलिभिजन र विश्वकर्मा रेडियो प्रतिबोध कोहलपुरमा कार्यरत हुनुहुन्छ ।

बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गजेन्द्र गुरुङ्ग, रुपनी जिएम, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट खम्बप्रसाद पुन, कृष्णराज अधिकारी र चन्द्र बोहरा तथा गुरु खत्री पत्रकारिता पुरस्कारबाट तिलक गाउँलेलाई नगदसहित पुरस्कृत गरिएको छ ।

गुरुङ्ग गोरखापत्र , जिएम रासस, अधिकारी रेडियो कृष्णसारमा कार्यरत हुनुहुन्छ । यस्तै खम्बप्रसाद पुन एभिन्युज टेलिभिजन र गाउँले मिसन टुडेमा कार्यरत हुनुहुन्छ ।

पुरस्कृत हुनेहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका बाँके अध्यक्ष दामोदर भण्डारी, शाखाका पूर्वअध्यक्षहरु लगायतले सम्मान गर्नुभएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको साधरण सभामा विभिन्न पेशागत संगठन तथा संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

 

 

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech