यस्ता छन् अनुहारमा बरफ लगाउनुका फाइदा

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०८१, मंगलवार

गर्मीको मौसम छ । बरफ सम्झिँदा पनि शीतल महसुस हुन्छ । बरफलाई छाला सुन्दर राख्न पनि प्रयोग गर्न सकिन्छ । यो कुरा नौलो होइन । धुलो, धुवाँ अनि दिनभरिको भागदौड त्यसमाथि खपिनसक्नुको घाम र पसिनाले गर्दा गर्मीयाम छालाले निकै दुःख पाउँछ । यस्तोमा अनुहारमा बरफ दल्नुहोस् । यसले तनाव कम गर्न त मद्दत गर्छ नै छालालाई सुन्दर बनाउन पनि सघाउँछ ।

अनुहारको छालाका छिद्रहरू ठुला देखिन थालेपछि अनुहार कुरूप देखिन थाल्छ । प्रायः अनुहारको छाला, आँखा मुनि र नाकको वरिपरि छिद्रहरू देखा पर्दछन् । छिद्रभित्र धुलो र फोहोर जम्मा हुन थाल्छ र बिबिरा, डन्डीफोर आदि जस्ता समस्या बढ्न सक्छ । समयमै ख्याल गरिएन भने यसले छालासम्बन्धी अन्य धेरै समस्या पनि निम्त्याउन सक्छ ।
कसै कसैमा भने चिल्लो छाला, उमेरको वृद्धि, डन्डीफोर, इन्फ्लेमेशनका कारण कोलाजेनको कमीले पनि अनुहारको छालामा छिद्र ठुलो भएको हुन सक्छ । यस्ता छिद्र बन्द गर्न कयौँ खालका प्रकारका घरेलु उपायहरू प्रयोग गर्ने गरिन्छ । के तपाईँले आफ्नो अनुहार चिसो पानीमा डुबाउनु भएको छ ? अनुहारमा कहिले बरफको टुक्रा दल्नु भएको छ ? बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले चिसो पानीले अनुहार धुने बानी बसाल्न पनि सकिन्छ । यी सबै उपायमध्ये अनुहारमा बरफ दल्ने उपाय सबैभन्दा फाइदाजनक छ । यसले ठुला छिद्र कम गर्छ ।

यस्ता छन् अनुहारमा बरफ लगाउनुका फाइदा:

– अनुहारमा बरफ दल्दा रक्त प्रवाह बढाउँछ अनि सुन्निएको पनि बसाल्छ । अत्यधिक सिबमको उत्पादन घटाएर डन्डीफोर आउन दिँदैन ।

– बरफ दल्दा अनुहारको छालामा लिम्फेटिक तरल निकासीलाई बढावा दिन्छ । यसले सुन्निएको पनि बसाल्छ र पानी अवशोषण कम गर्दछ ।

– छालामा बरफ लगाउँदा खुल्ला छिद्रहरू अस्थायी रूपमा साना हुन्छन् । मेकअप गर्नु अघि अनुहारमा बरफ दल्दा यसले छालामा प्राकृतिक प्राइमरको काम गर्दछ ।

– आँखा वरिपरि बरफ दल्दा आँखा सुन्निएको बसाल्छ । आँखाको डार्क सर्कल हटाउँछ ।

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech