सरसफाईकर्मीको स्वास्थ्य जाँच र पिपिई वितरण

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०८१, बुधबार

नेपालगन्जः घरेलु ठोस फोहोर व्यवस्थापन गर्ने सरसफाईकर्मीको निःशुल्क स्वास्थ्य जाँचसंगै व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) प्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्र घरेलु ठोस ब्यवस्थापन गर्ने १७० जना सरसफाईकर्मीको निःशुल्क स्वास्थ्य जाँच र पिपिई प्रदान गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकासंगको सहकार्यमा नेपाल विकास समाजले तीन दिने निःशुल्क स्वास्थ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र वडा नम्बर ४ का प्रमुख डा. शंकर केसी र भेरी अस्पताल नेपालगन्जकी मेडिकल अधिकृत डा. समिक्षा चन्दले सरसफाईकर्मीको स्वास्थ्य जाँच गर्नुभएको छ ।

स्वास्थ्य जाँचका क्रममा सरसफाईकर्मीहरुको एचआइभी, हेपाटाइटिस ’बी’, हेपाटाइटिस ’सी’, सुगर र पिसाबको प्रयोगशाला परीक्षण समेत गरिएको छ । उनीहरुलाई औषधि समेत वितरण गरिने नेपाल विकास समाजकी निर्देशक गिता शाहले बताउनुभयो ।

सरसफाईकर्मीलाई नेपालगन्ज उपमहानगरपालिका विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह र स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले जुत्ता, पञ्जा र रिफ्लेक्टर ज्याकेट वितरण गरेका थिए । सिंहको अध्यक्षता र चन्दको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

  • १६ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech