भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुवेदीलाई योङ्ग गाइनेकोलोजिष्ट अवार्ड

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०८१, आईतवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका सिनियर  कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी योङ्ग गाइनेकोलोजिष्ट अवार्ड २०२४ का लागि छनोट हुनु भएको छ ।

दक्षिण कोरियामा हालै सम्पन्न एशिया तथा ओसियाना राष्ट्रको प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै भेरी अस्पतालका सिनियर कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुवेदी योङ्ग गाइनेकोलोजिष्ट अवार्डका लागि छनोट हुनु भएको हो । एशिया तथा ओसियाना राष्ट्रका विभिन्न देशका प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरुले भाग लिने गरेका छन् ।

भेरी अस्पतालमा प्रसूति तथा स्त्री रोग उपचारमा डा.सुवेदी अब्बल चिकित्सक मानिनुहुन्छ । गाइने विभागलाई स्तरीय बनाउन डा.सुवेदीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । यसअघि काठमाडौंस्थित प्रसूति गृहमा बसेर सेवा प्रवाह गर्दै आउनुभएका डा.सुवेदीले भेरी अस्पतालबाट सेवा दिन थालेपछि जटिल खालका शल्यक्रिया समेत भइरहेका छन् ।

  • १३ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech