नेपालगन्जमा गर्मीको असरः चार दिन विद्यालय बन्द

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०८१, आईतवार

नेपालगन्जः तातो हावा ‘लु’ चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका विद्यालय चार दिनका लागि बन्द हुने भएका छन् । तातो हावा लु र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्जमा जेठ १५ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

१९ गते शनिवार भएकाले २० गते विद्यालय खुल्नेछन् । शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले दिएको जानकारीअनुसार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगन्जका सबै विद्यालय जेठ १५ गतेदेखि १८ गते चार दिनसम्म बन्द गर्ने निर्णय भएको गरिएको हो । उहाँले अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि सबै विद्यालय बन्द गर्न सूचना प्रकाशित गरिएको बताउनुभयो ।

अत्यधिक गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउनेजस्तो समस्या देखिन थालेको जनाइएको छ । मौसमको अवस्था हेरेर गर्मी बिदा लम्बिन सक्ने पनि नेपालगन्ज उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

गर्मी बढ्दै गएकाले जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् । यसअघि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन विद्यालय बन्द गरिनु पर्ने अभिभावकको माग छ । चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।

May be an image of text that says 'OR1 ብባስ 520338, 320316 16608152052 081-520240 중아아 nepalgunjmunr@gmail.co com नैपालगव्य उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय terur, मृचा સેનकर HИreOO4R! বখ্বাদগপত, मुबनी प स २०६०६१ चन 90φO विषय 리성부라 पठनपाठन मिति ၃၀၇၀၃၇ කரන श्री सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत वियालयहरू, नेपालगज्ज उप-महानगरपालिका, बांके। प्रस्तुत विषयमा नगरस्तरीय विपत व्यवस्थापन समितिको मिति ੨०८१।०२/१२ गते बसेको बैठकको निर्णयअनुसार अत्याथिक गर्मि तथा लु चलेको कारण मिति २०८१/०२/९५ देखी २०८१०२।१८ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका अन्तरगत सत्चालित सम्पूर्ण वियालयहरुमा पठन पाठन बन्द गरन हुन सम्बन्थित सवैलाई जानकारी गराईन्द वापी गोरसं 0 জপাগর बह्ाहर (9T.) उप-साचव'

  • १३ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech