कर्मचारी संघ विभागिय कमिटीको रक्तदान कार्यक्रमः ६५ जनाले दिए रगत

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०८१, शनिबार

नेपालगन्जः लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड प्रालि कर्मचारी संघ विभागिय कमिटीले आज रक्तदान कार्यक्रम गरेको छ । कमिटीका अध्यक्ष विजय त्रिपाठीको अध्यक्षता एवम् लर्डबुद्ध एजुकेशनल कर्मचारी संघका केन्द्रीय सभापति यमबहादुर खड्काको प्रमुख आथित्यतामा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उहाँले कमिटीले रक्तदान कार्यक्रम गरेर मानवीय कार्य गरेको बताउनुभयो ।

गर्मीयामसँगै बढ्दो रगत अभावलाई टार्न यो कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ । रक्तदान नै जीवन दान हो भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख सन्तोष विएनले रगत अभावमा अकालतमा हुन सक्ने मृत्युलाई रोक्न रक्तदान जरुरी रहेको बताउनुभयो । उहाँले विभागले यस्ता मानवीय सेवाका कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

रक्तदान कार्यक्रममा अस्पतालका निर्देशक डा.सन्तोष शर्मा, उपनिर्देशक कुमार पोख्रेल, सहनिर्देशक रोमन किदवाई, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, रक्त संचार सेवा केन्द्र कोहलपुरका इन्चार्ज राजेन्द्र कुमार महतरालगायतको सहभागिता रहेको थियो । अस्पतालका कार्यकारी प्रमुख सन्तोष कुमार विएनको प्रमुख आथित्यतामा रक्तदान गरिएको हो । उक्त रक्तदानमा ६५ जनाले रक्तदान गरेका थिए ।

  • १२ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech