वीर अस्पतालले एकसय जना स्टाफ नर्सका लागि आवेदन खुलायो

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०८१, शनिबार

काठमाडौं: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले एकसय जना स्टाफ नर्सका लागि आवेदन खुलाएको छ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्टाफ नर्सका लागि पाँचौ तहमा आवेदन खुलाईएको हो। अस्पतालले जारी गरेको एक सूचनामा करारमा काम गर्न इच्छुक स्टार्फ नर्सलाई जेष्ठ १७ गते सम्म अस्पतालमा गई आवेदन दिन सक्ने जनाइएको छ।

१८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कुनै पनि फौजदारी अभियोगमा सजाय नपाएको र अन्य प्रचलित कानुन बमोजिम अयोग्य नभएको नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको हो।

लिखित परीक्षा जेष्ठ २६ गते हुने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

 

  • १२ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech