सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०८१, सोमबार

रिचर्ड 'रिक' स्लेम्यान । तस्बिर : म्यासाचुसेट्स जेनेरल अस्पताल

काठमाडौँ – आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ ।

६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए। स्लेम्यान को मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडेपछि प्रत्यारोपण गरिएको थियो। स्लेम्यानको शल्यक्रिया गरिएको म्यासाचुसेट्स जेनेरल अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रत्यारोपण टोली उनको मृत्युमा दुःखी भएको बताएको छ ।

अस्पतालका अनुसार उनको मृत्युको कारक प्रत्यारोपण हो भन्ने संकेत भने नभेटिएको दाबी पनि गरेको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्। यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए ।

आफ्नो मिर्गौला फेल भएपछि स्लेम्यानले सात वर्षसम्म डायलासिसमा थिए । अन्ततः सन् २०१८ मा मानव मिर्गौला प्राप्त गरे। तर, प्रत्यारोपण गरिएको अंग पाँच वर्षभित्रै असफल भयो र त्यसपछि उनले पुनस् डायलासिस सुरू गर्नुपरेको थियो । जसका कारण उनमा हृदयघातलगायत अन्य जटिलताहरू विकास भएका थिए।

  • ३१ बैशाख २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech