बर्दिया अस्पतालमा सुरु भयो डायलासिस सेवा

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०८१, मंगलवार

नेपालगन्जः प्रदेश मातहतमा रहेका अस्पतालहरु मध्ये उत्कृष्ट सेवा प्रवाह गर्दै आएको जिल्ला अस्पताल बर्दियाले हेमोडायलासिस सेवा सुरु गरेको छ । अस्पतालले आजबाट पहिलो पटक अस्पतालमा हेमोडायलासिस सेवा सुरु गरेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभास पाण्डेले बताउनुभयो ।  हेमोडायलासिस सेवा चौबिसै घण्टा सञ्चालन हुने पनि डा. पाण्डेले जानकारी दिनुभयो ।

सेवामा दुई जना चिकित्सकसहित दश जना स्टाफ नर्स खटिएको उहाँको भनाइ छ । डायलासिसका लागि अव बर्दियाका विरामी नेपालगन्ज धाउनु पर्ने बाध्यता कम हुने पाण्डेले बताउनुभयो ।हेमोडायलासिस सेवा सञ्चालनका लागि प्रदेश र संघीय सरकारले आर्थिक र भौतिक सहयोग उपलब्ध गराएको छ ।

सेवा प्रवाहलाई प्रभावकारी र स्तरीय बनाउन केही दिन अघि भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.सौरभ हमालले अस्पतालका चिकित्सक तथा नर्सहरुलाई परामर्श सेवा प्रदान गर्नुभएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले जिल्ला अस्पताल बर्दियामा विधिवत रुपमा उक्त सेवाको आज उद्घाटन गर्नुभएको हो ।

 

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech