रिसलाई नियन्त्रण गर्ने उपायहरु

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०८१, मंगलवार

नेपालगन्जः व्यक्ति अनुसार सबैको बानि फरक हुन्छ । तर हरेक व्यक्ति खुशि हुदाँ हास्ने, दुखि हुदाँ रुने र चित्त नबुझ्ने कुरामा रिसाउने गर्दछन् । रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् ।

रिस एउटा भावनात्मक संवेग हो । कुनै पनि व्यक्तिलाई विभिन्न कुरामा रिस उठिरहेको हुन्छ । आफुले चाहेको जस्तो नभए रिस उठ्छ । रिसले कहिलेकाहि आत्मरक्षा गरिरहेको हुन्छ । तर सही समयमा रिसलाई व्यवस्थापन वा नियन्त्रण गर्न नसक्दा धेरै हानि हुनसक्छ बढी रिस उठ्दा स्वयं व्यक्तिलाई नै घाटा हुन्छ । रिसले उच्च रक्तचाप, मुटु सम्बन्धी रोग र डिप्रेसन समेत निम्त्याउन सक्छ ।

उच्च रक्तचाप भएका व्यक्तिहरु छिट्टै रिसाउने गर्छन् । किनकि उच्च रक्तचाप भएपछि रगतको चाप मस्तिष्कमा धेरै हुने भएकाले दिमागले रिसलाई नियन्त्रण गर्न सक्दैन ।

जति उच्च रक्तचाप बढ्यो त्यति रिस उठ्छ । भने जति रिसायो त्यति नै उच्च रक्तचाप बढ्ने गर्दछ । यि दुई एक अर्कामा अन्तर सम्बन्धित छन् । रिसाएर एक्कासि चिच्चाउँदा उच्च रक्तचाप बढेर मस्तिष्कमा रगतको नलि खुम्चिएर रगतको नलि फुट्नसक्छ वा मस्तिष्घात हुन सक्छ । रगतको नलि फुटेर मस्तिष्घात भएमा सो व्यक्तिको  मृत्यु हुने सम्भावना धेरै हुन्छ ।

रिस उठ्नैपर्छ भन्ने छैन । त्यसलाई नियन्त्रण गर्न पनि सकिन्छ । रिसका कारण विभिन्न स्वास्थ्य समस्या झेल्नु भन्दा रिस नियन्त्रण गर्ने क्षमता बढाउनु नै सबैभन्दा उत्तम उपाय हो । रिसलाई हामीले नियन्त्रण गर्न सक्छौं ।

रिसलाई नियन्त्रण गर्ने उपायहरु 

  • ध्यान गर्ने बानि बसाले सहजै रिस नियन्त्रण गर्ने सकिन्छ ।
  • शरीरको दबाबमा मनलाई राख्न सकेमा रिस उठ्दैन ।
  • बिहान उठेर पुजा गरेर मात्र अरु  काम सुरु गरेमा पनि रिस ९० प्रतिशत रिस आफैँ कम हुन्छ ।
  • जब व्यक्ति ध्यानमा लुप्त हुन्छ उसले रिस राग भुल्न सक्छ । त्यसैले सानो सानो कुराहरुमा पनि झनक्क रिसाइहाल्ने व्यक्तिले ध्यान गर्ने बानि बसाल्नुपर्छ ।
  • उच्च रक्तचाप बढि भएमा पनि रिस धेरै उठ्ने भएकाले उच्च रक्तचाप  नियन्त्रण गरेमा पनि रिस कम उठ्छ ।
  • शरीरमा रहेको सेरोटिनन् तत्व जति बढ्यो त्यति रिस उठ्छ । त्यसैले सेरोटिनन् तत्व कम गर्नका लागी हास्ने बानि बसाल्नुपर्छ ।
  • जो व्यक्ति बढि हास्छ उसलाई रिस एकदमै कम उठ्छ ।
  • त्यसका साथै रिस कम गराउने एलोपेथिक औषधिहरु पनि पाइन्छ ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech