नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ सरस्वती माविमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
स्वास्थ्य शिविरमा बालबालिका र महिला गरि २ सय ६५ जनाको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बाँके र कान्ति आरोग्य अस्पतालको आयोजना तथा सरस्वती मावि राप्तीसोनारी र डेभलपमेन्ट फर नेपालको सहकार्य स्वास्थ्य शिविर गरिएको महासंघका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।