पछिल्लो समय मानिसहरुमा कपाल झर्ने समस्या बढिरहेको छ। धेरै जना यो समस्याबाट पीडित छन्। चिकित्सकहरुका अनुसार खासगरी खराब जीवनशैली र अस्वस्थ खानपानका कारण कपाल सम्बन्धी समस्या धेरैजसो देखिने गरेको छ ।
कपालमा केमिकल उत्पादनको प्रयोगले पनि धेरै समस्या निम्त्याइरहेको छ । त्यसो त सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । त्यसैले जोकोही व्यक्ति आफ्नो कपालको सौन्दर्य चम्काउन विभिन्न सौन्दर्य प्रशाधनका सामग्रीको समेत प्रयोग गर्ने गर्छन् ।
तर चिकित्सकको सल्लाह बिना जुन पायो त्यही सौन्दर्य सामग्रीको प्रयोग गर्दा कपाल राम्रो हुनुको सट्टा झन् झर्ने, टुक्रने, लगायत कपालको चमक नै हराउने सम्म हुन सक्छ । त्यसैले कपालको हेरविचारमा विशेष ध्यान दिनुपर्छ ।
कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिन सक्छ ।
- जिंक
- प्रोटिन
- आइरन
- भिटामिन ए र सी
- म्याग्निसियम
के कुरा नखाने ?
- चिल्लोचाप्लो, तारेको खानेकुरा
- मदिरा, चुरोट, कफी, चिया
- केमिकेल हाली गुलियो बनाइएको खाद्य
- फास्टफुड तथा जंकफुड
- मसलादार तथा शरीरलाई बढी तातो बनाउने खाना