लोमसको मेट्रोनिडाजोल र अल्बेन्डाजोल औषधि विक्रीमा रोक

‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा न्यून गुणस्तर पाइएको विभागले जनाएको छ।


    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०८०, शुक्रबार

नेपालगन्जः औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित थप दुई प्रकारका औषधि न्यून गुणस्तरको फेला परेपछि विक्रीमा रोक लगाइएको छ। विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा समस्या फेला पारेको हो।विभागले अहिले लोमसबाट उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको फेला पारेको हो।

प्रयोगशाला परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएपछि ती औषधि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ। ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा न्यून गुणस्तर पाइएको विभागले जनाएको छ। यसैगरी, विभागले परीक्षणका क्रममा फर्माको इन्टस्ट्रीज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरको देखिएको छ।

सो औषधिको ब्याच नम्बर २२/०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ। खराबी देखिएका ब्याचका औषधिहरू बजारमा विक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ। उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन भनिएको छ।विभागले माघ तेस्रो र चौथो सातामा लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप र पारासिटामोल न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको थियो।

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech