बाँकेमा ६३ प्रतिशतबढी बालबालिकाले दादुरा–रुबेला खोप लगाए

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०८०, मंगलवार

नेपालगन्जः बाँकेमा आजसम्म ६३.३ प्रतिशत बालबालिलकाले दादुरा–रुबेला खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश बाबु श्रेष्ठका अनुसार खोप अभियान सुरु भएको तेस्रो दिनसम्म ६३.३ अर्थात एक लाख चार हजार ७७३ जना बालबालिकाले खोप लगाएका हुन् ।

बाँकेमा कूल एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । अहिलेसम्म खजुरा गाउँपालिकामा ९५ प्रतिशत बालबालिकाले खोप लगाइसकेका छन् । कोहलपुरमा २१ हजार १५४ जना बालबालिकाले खोप लगाएको पाइएको छ । कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । यसैगरी राप्ती सोनारी गाउँपालिकामा १२ हजार ५८९ जनाले खोप लगाए । यहाँ १८ हजार ६६१ जनालाई खोप लगाउने लक्ष्य छ ।

यसैगरी बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा पहिलो दिन ११ हजार ६४३ जनाले खोप लगाएका छन् । जानकी गाउँपालिकामा १८ हजार १४९ मध्ये ६ हजार २८६ जना, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७० जनामध्ये २० हजार ५८७ जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जनामध्ये ९ हजार ३०८ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जनामध्ये आज पहिलो दिन ५ हजार ५३७ जना बालबालिकाले खोप लगाएका छन् ।

९ महिनादेखि १५ वर्ष उमेर समूहका हजार ती बालबालिकाले दादुरा–रुबेला खोप लगाएका हुन् । खोप अभियान ३० गतेसम्म जारी रहने छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech