राप्ती सोनारीमा डेन्टल सेवा विस्तारको योजना

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०८०, मंगलवार

नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले राप्ती सोनारीका विभिन्न समस्या सम्वोधनका लागि राजधानी पुगेर सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । पालिका अध्यक्ष पौडेल नेतृत्वको टोलिले राप्ती सोनारीको समग्र विकासलाई केन्द्रमा राखेर सम्बद्ध सरोकारवाला पक्षको ध्यानाकर्षण गराउने काम गरिरहेको छ ।

पौडेल नेतृत्वको टोलिले हिमाल डेन्टल अस्पतालका संचालकहरुसँग भेटघाट गरेको छ । हालैमात्र आँखा उपचार सेवा सुरु गरेको राप्ती सोनारी गाउँपालिकाले डेन्टल सेवापनि विस्तारको योजना बनाएको छ । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा पालिकाले राप्ती सोनारी अस्पतालबाट आँखा ओपिडी सेवा सुरु गरेपछि आँखाका बिरामीलाई ठूलो राहात पुगेको छ । त्यसैगरी दन्त उपचार सेवा अर्थात डेन्टल उपचारलाई पनि कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा हिमाल डेन्टल अस्पतालका संचालकहरुकासँग छलफल गरिएको छ ।

पालिकाले कार्यविधि नै बनाएर डेन्टल सेवालाई पनि विस्तार गर्ने योजना बनाएको अध्यक्ष पौडेलले बताउनुभयो । त्यसक्रममा हिमाल डेन्टल अस्पतालले कन्सल्टेन्ट सहयोग गर्न नसकिने भएपनि प्राविधिक सहयोगको प्रतिबद्धता जनाएको छ । टोलिले सोमवार भूमि आयोगका अध्यक्ष केशव निरौलालाई भेटेर भूमि समस्या समाधानको पहलका निमित्त आग्रह गरेको छ ।

पौडेलसहितको टोलिमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषण केसी, युवा नेता तथा काँग्रेस लुम्विनी प्रदेश सदस्य टेक नारायण भुसाल, अध्यक्ष पौडेलका सल्लाहाकार पवन शाहलगायत सहभागी हुनुहुन्छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech